काठमाडौं। चिनियाँ दूतावासका अनुसार मे १ देखि चीन भ्रमणमा जाने नेपाली नागरिकहरूले निशुल्क प्रवेश आज्ञा पाउने भएका छन्। चिनियाँ दूतावासले नेपाली नागरिकहरूले चीन भ्रमण गर्दा निशुल्क प्रवेश आज्ञा पाउने जनाएको छ। यद्यपि निश्चित सर्भिस चार्ज भने लाग्नेछ।
नेपाल र चीनबीचको मित्रतालाई बढवा दिन निस्शुल्क भिसा प्रणाली लागू गरिएको नेपाली दूतावासले जनाएको छ। नेपाल सरकारले भने चिनियाँ नागरिकहरूलाई १५० दिनको भिसानिशुल्क उपलब्ध गराउँदै आएको छ।
चिनियाँ दूतावासले एकल प्रवेश आज्ञा र बहु प्रवेश आज्ञामा भिसा शुल्क नलिने जनाएको छ। दूतावासका अनुसार ६ महिना र १ वर्षको बहु प्रवेश आज्ञाको समेत शुल्क लाग्ने छैन।