कर्णाली प्रदेशका चार मन्त्रीद्वारा शपथ ग्रहण

Nagarik Sewa 1537+ समाचार ( )
२० श्रावण २०८१, आइतबार

काठमाडौं। कर्णाली प्रदेश सरकारका चार मन्त्रीले प्रदेश प्रमुख यज्ञराज जोशी समक्ष पद तथा गोपनीयताको शपथ ग्रहण गर्नुभएको छ । मुख्यमन्त्री यामलाल कँडेलको सिफारिसमा नेकपा (एमाले) नेतृत्वको सरकारमा नेपाली कांग्रेसको तर्फबाट सहभागी हुने चार मन्त्रीले शपथ ग्रहण गर्नुभएको हो ।

सत्ता साझेदार दल नेपाली कांग्रेसले शुक्रबार सरकारमा सहभागी हुने चार जना मन्त्रीको नाम पठाएको थियो । जसमा आर्थिक मामिला तथा योजना मन्त्री राजीव विक्रम शाह, सामाजिक विकास मन्त्रीमा घनश्याम भण्डारी, उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रीमा सुरेश अधिकारी र जलस्रोत तथा ऊर्जा विकास मन्त्रीमा विजया बुढा रहनुभएको छ । नवनियुक्त मन्त्रीले आइतबार पदभार ग्रहण गर्नुभएको छ । 

प्रतिक्रिया

ताजा समाचार

सबै







ट्रेन्डिङ

सबै







सम्बन्धित समाचार