‘छक्कापञ्जा ५’ साउदीका १० हलमा

Nagarik Sewa 1537+ समाचार ( )
१ कार्तिक २०८१, बिहीबार

काठमाडौं । साउदी अरब र माल्दिभ्समा पहिलोपटक नेपाली फिल्म प्रदर्शनमा आएका छन्। बिहिबारदेखि यी दुवै देशमा ‘छक्कापञ्जा ५’ रिलिज भएसँगै अन्तर्राष्ट्रिय बजारको ढोका खुलेको छ।  साउदीका १० हलमा यो फिल्म रिलिज भएको हो।

जुबेलस्थित मूभी सिनेमाज, दमामको भक्स सिनेमाज, जेद्दाको मूभी र भक्स सिनेमाज, रियादस्थित मूभी, भक्स, एएमसी रियाद ग्यालरी नाइन, सलाम मलको मूभी सिनेमाज र धरहानको मूभी सिनेमाजमा फिल्म प्रदर्शनमा आएको छ। 

साथै यो फिल्म नेपाली कामदारको ठूलो उपस्थिती रहेको मध्यपूर्वको साउदीसहित मध्यपूर्वका ५० हलमा रिलिज भएको छ। कतार, युएई, ओमान र बहराइनमा पनि फिल्म चलिसकेको छ।  दक्षिण एसियाली टापु मुलुक माल्दिभ्सका २ हलमा पनि पहिलोपटक नेपाली फिल्म लागेको छ। यी दुई देशमा नेप–फिल्म्सका रमेश ढकालले फिल्म प्रदर्शनमा ल्याएका हुन्। चाँडै मलेसियामा पनि रिलिज गरिनेछ। 

दीपाश्री निरौला निर्देशित यस फिल्मा दीपकराज गिरी, वर्षा शिवाकोटी र केदार घिमिरेको मुख्य भूमिकामा छन्। यस फिल्मले नेपालमा १० करोड बढीको व्यापार गरिसकेको छ। साथै अष्ट्रेलिया, अमेरिका र जापान लगायतका देशमा पनि राम्रो व्यापार गरिरहेको छ।     

प्रतिक्रिया

ताजा समाचार

सबै







ट्रेन्डिङ

सबै







सम्बन्धित समाचार