तोलामा ५ सयले बढ्यो सुनको मूल्य

Nagarik Sewa 1537+ समाचार ( )
३० वैशाख २०८१, आइतबार

काठमाडौं। स्थानीय बजारमा सुनको मूल्य तोलामा ५ सयले वृद्धि भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार शुक्रबार प्रतितोला १ लाख ३७ हजार ९ सयमा कारोबार भएको छापावाला सुन आजका लागि भने १ लाख ३८ हजार ४ सय निर्धारण भएको छ । 

त्यस्तै, तेजाबी सुन शुक्रबार प्रतितोला एक लाख ३७ हजार दुई सय ५० मा कारोबार भएकामा आजका लागि भने एक लाख ३७ हजार सात सय ५० निर्धारण भएको छ । 

चाँदीको मूल्य भने तोलामा १० ले घटेको छ । शुक्रबार प्रतितोला एक हजार सात सय ३५ मा कारोबार भएको चाँदी आजका लागि भने एक हजार सात सय २५ निर्धारण भएको छ ।

प्रतिक्रिया

ताजा समाचार

सबै







ट्रेन्डिङ

सबै