जनकपुरमा शुभश्री बचत तथा ऋण सहकारीको ८० लाख लुटपाट

Nagarik Sewa 1537+ समाचार ( )
२४ वैशाख २०८१, सोमबार

काठमाडौं। धनुषाको जनकपुरमा शुभश्री बचत तथा ऋण सहकारीको ८० लाख रुपैयाँ लुटपाट भएको छ । 

जनकपुरधाम उपमहानगरपालिका–१९ मा रहेको सहकारीको कर्मचारीलाई मोटरसाइकलमा आएका तीन जनाको समूहले पेस्तोल देखाएर ८० लाख रुपैयाँ लुटेका जानकारी आएको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ ।

सहकारीका कर्मचारी वीरेन्द्र महतोले जनकपुरमा रहेको हिमालयन बैंकबाट रकम झिकेर मोटरसाइकलमा सहकारीको कार्यालय जाँदै गर्दा रकम लुटपाट भएको हो । अहिले घटनाको अनुसन्धान भइरहेको धनुषाका प्रहरी नायब उपरीक्षक ९डीएसपी० रञ्जन अवाले जानकारी दिनुभयो ।

प्रतिक्रिया

ताजा समाचार

सबै







ट्रेन्डिङ

सबै







सम्बन्धित समाचार