२०८० मा विपद्जन्य घटनाबाट ४९३ जनाको मृत्यु

Nagarik Sewa 1537+ समाचार ( )
३ वैशाख २०८१, सोमबार

काठमाडौं। २०८० सालमा विपद्जन्य घटनाबाट ४ सय ९३ जनाको मृत्यु भएको छ । विपद्जन्य घटनाबाट ३१ जना बेपत्ता भएका छन् भने १ हजार ६ सय १६ जना घाइते भएका छन् ।

गएको वर्ष छ हजार चार सय चार विपद्जन्य घटना भएकामा त्यसमा परेर ८० हजार सात सय १६ परिवार प्रभावित भएका राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका सहसचिव भरतमणि पाण्डेले जानकारी दिनुभयो । विपद्जन्य घटनाका कारण ५ अर्ब ४२ करोड ५६ लाख रुपैयाँको क्षति भएको छ ।

गएको वर्ष पहिरो, बाढी, डुङ्गा दुर्घटना, चट्याङ, सर्पदंश, आगलागी, भारी वर्षा, गैरप्राकृतिक विपद्, हुरीबतास, भूकम्प, फ्लु, जनावर आक्रमण, हिमपहिरो, डढेलो, हिमपातलगायतका घटना भएका थिए ।

गएको वर्ष कात्तिकमा गएको जाजरकोट भूकम्पबाट सबैभन्दा धेरै एक सय ५५ जनाको ज्यान गएको छ । त्यसपछि धेरै क्षति आगलागीका कारण भएको सहसचिव पाण्डेले बताउनुभयो । विभिन्न ठाउँमा भएका आगलागीका कारण एक सय छ जनाको ज्यान गएको छ ।

प्रतिक्रिया

ताजा समाचार

सबै







ट्रेन्डिङ

सबै







सम्बन्धित समाचार