लोपोन्मुख वनकरियालाई समृद्ध बनाउन ग्रीन फाउण्डेशनको सहयोग

Nagarik Sewa 1537+ समाचार ( )
१८ भाद्र २०८१, मङ्गलबार


हेटौंडा । मकवानपुरको मजहरी गाउँपालिकामा बसोबास गर्दै आइरहेका अति लोपोन्मुख जाती बनकरिया बस्तिका महिलाहरुलाई उद्यमी बनाउनको लागि ग्रीन फाउण्डेशन नेपाल           (जिएफन) ले बजार ब्यबस्थापनदेखी बजारिकरण सम्मको सहयोग गर्दै आएको छ । वनकरिया साबुन उद्योगकी अध्यक्ष सन्तोषी वनकरियाले ग्रीन फाउण्डेशनले उद्यमी बन्न सहयोग गरिरहेको जनाउनुभयो ।

उहाँको अनुसार आदिबासी जनजानी महिला महासंघले साबुन बनाउने तालिम दिएको भएपनी त्यसको ब्यबस्थापन बजारिकरण र आगामी कार्यदिशा प्रदान गर्न ग्रीन फाउण्डेशन नेपालले सहयोग गर्दै आइरहेको छ । “ग्रीन फाउण्डेशन नेपालले  खोलाको किनार र वनमा खेर गइरहेको तितेपाती र निमबाट साबुन बनाएर बेचिरहेका छन् । वनमा आधारित जिवनयापन भएका उक्त जातीको लागि मसिन् शान्ति साुमदायिक वन बफर्जुन क्षेत्रमा परिणत भएसंगै खेर गैरहेको तितेपातीको प्रयोग गरेर उद्यम्ी बन्न प्ररित भएका हुन् ।

२०६२ सालमा जिल्ला विकास समति मकवानपुर र मनहरी गाबिसको सहयोगमा वनको घुमन्ते जिवनबाट बस्तिमा बस्न आएका बनकरियाहरु अहिले आत्मनिर्भर हुनको लागि सन्तानलाई विद्यालय पठाउनेदेखी लिएर सकेको काम गर्ने गरिरहेको बनकरियाकी नव मनोनित मुखिया सन्तमाया बनकरियाले बताउनुभयो । उहाँले भन्नुभयो“ हामीले जंगल जिवनमा जुन दुख काट्यौै त्यो हाम्रो छोराछोरीलाई नपरोस् भनेर कोशिस गरिरहेका छौं ।” उहाँले आफुहरुले अन्न खानको लागि धेरै मेहनत गर्नुपरेको बताउदै थप्नुभयो “ हामीलाई अन्न खान रहर लाग्दा लोग्नेमान्छेहरुले कुरिलो, कुचो, माछा लिएर बस्ति जाने गर्थे, अहिले हामी फलाइरहेका छौं ।” उहाँले सुत्केरी हुँदा खान नपाएको सम्झदै त्यो दिन हालको लागि कथा जस्तो बनेको बताउनुभयो । बिगतमाम आफुहरु मसिने शान्ती सामुदायिक वनबाट कचो÷खरेटो, कुरिलो, गिट्टठा भ्याकुर खोज्ने र खोलामा माछा मार्ने काम गरेर गुजारा चलाएको भएपनि मसिने शान्ती सामुदायिक वन बफर्जुन क्षेत्रमा परेपछी वनमा उक्त कार्यहरुको लागि समस्या भएको उहाँको भनाई छ । बिकल्पको रुपमा उहाँहरुले हाल तितेपाती, निम र ध्युकुमारीबाट साबुन बनाउन थालेको उहाँले बताउनुभयो ।

बनकरिया बस्तिमा पहिलो शिक्षित महिला सन्तोषि बनकरियाले जेटिए बनेर गाउँमा नै काम गरिरहेको अबस्थामा हाल वनकरिया चेपाङ महिला साबुन उद्योग दर्ता गरेर उत्पादन सुरु गरेको जानकारी दिनुभयो । बनकरिया र चेपाङ बस्तिको २५ जना महिलाहरु मिलेर निम, घ्युकुमारी र तीतेपातीबाट साबुन बनाउन थालेको उहाँको भनाई छ  । उहाँको अनुसार गतवर्ष राष्ट्रिय आदिवासी जनजाति महिला मञ्चले उहाँहरुलाई साबुन बनाउने तालिम दिएको थियो । तालिमपछि आयआर्जनमा आफूहरु जोडिने अवसर प्राप्त भएको उहाँले जनाउनुभयो । साबुन उत्पादन गर्नको लागि आवश्यक औजार समेत मञ्चले प्रदान गरेकोले अबको सबैभन्दा आवश्यक पाटो कच्चापदार्थ र बजारीकरण नै भएको उहाँले बताउनुभयो । 

साबुन उत्पादन गर्नको लागि आवश्यक औजार समेत मञ्चले प्रदान गरेकोले अबको सबैभन्दा आवश्यक पाटो कच्चापदार्थ र बजारीकरण नै भएको उनीहरूको धारणा छ । ‘साबुनका लागि कच्चा पदार्थ निम रोप्न थालेका छौँ, घ्यू कुमारी बारीमा अलिअलि रोपेका छौँ, तीतेपाती वरिपरि बगर, बाटोतिर पाउँछौँ,–सन्तोषीले भन्नुभयो । 

तालिम दिएको संस्थाले फर्मा र साबुन बनाउन आवश्यक सामग्री र दुई लाख लगानी गरेको सम्झना बनकरियाले जानकारी दिनुभयो । उहाँले साबुन बनाउन बुटवलबाट फर्मा ल्याएको बताउनुभयो । उहाँले भन्नुभयो ‘‘साबुन बनाउन मेहनत पर्छ, तीतेपाती टिप्न जानुप¥यो, केलाउनु प¥यो, पकाउनु प¥यो । ’’ यहाँ उत्पादन गरिएको साबुन घाउ खटिरा, चिलाउने समस्या र छालाका लागि राम्रो हुने उहाँको भनाइ छ । 

सानो, मध्यम र ठुलो साबुन उत्पादन गरेका वनकरिया महिलाले २० देखि ६० रुपियाँ सम्ममा साबुन बेच्ने गरेको उहाँनुभयो । १८ वर्षदेखि सुकुम्वासीको रूपमा मकवानपुरको मनहरी–४ मुसेधापमा बसोबास गर्दै आएका लोपोन्मुख वनकरियाको आफ्नो नाममा जग्गा छैन । अल्पसङ्ख्यक वनकरीयाले जङ्गलमा फिरन्ते जीवन बिताउँदा कष्ट भएको भन्दै २०६२ सालबाट यहाँको कबुलियती वनमा नेपाल सरकारले नै बस्न दिएको हो । यही बसोबास गरेकै स्थानमा सामूहिक लालपुर्जा माग गर्दै आएका छन् ।  मुसेधापमा अहिले २५ घरपरिवारमा ९३ जना वनकरिया बसोबास गर्दै आएका छन् ।

  हाल वनकरिया महिलाहरुले २० देखि ६० रुपैयाँसम्ममा साबुन बेच्ने गरेका छन् । तालिम दिन सहयोग गर्ने संस्थाले नै साबुन किनिरहेको भएपनी अब बजारीकरणको भने चिन्ता लागेको उहाँहरुको भनाई छ । मञ्चले दिएको थोरै रकमबाट सुरु गरिएको काममा लगानी पुँजी न्यून हुँदा उत्पादन पनि न्यून भएको उहाँहरुले बताउनुभएको छ । उत्पादन धेरै हुन थालेपछि बजारीकरण गर्न समस्या हुनसक्ने भएकोले वनमा आधारित उद्यम बिकासको लागि समुहहरुमा काम गरिरहेको संस्थ ग्रिन फाउण्डेशन नेपालसंग सहयोग मागिने उहाँहरुले जनाउनुभयो । 

 जंगली कन्दमूलको सहारामा वर्षको आधा समय बिताउने बनकरिया समुदायमा पछिल्ला वर्षहरुमा क्रमशः परिबर्तन देखिएको छ । आधुनिक जीवनउपयोगी शीपसँग टाढा रहेका बनकरिया समुदायका ५ किशोरी र एक किशोरले एसएलसी/ एसइई परीक्षा उत्तीर्ण गरेका छन् । २ जना किशोरी प्राबिधिक क्षेत्रमा लागेका छन् । वनकरिया समुदाबाट पहिलोपटक एसएलसी परीक्षा (२०७२) उत्तीर्ण गरेकी पम्फा वनकरिया ल्याव असिस्टेन्ट टेक्निसियन बिषय अध्ययन गरी हाल मनहरीको रजैयामा ल्याब असिस्टेन्टको जागिर खाइरहको मुखिया सन्मायाले जानकारी दिनुभयो  । मातृसत्तात्कम समाज रहेको यस समुदाय हाल परिबर्तनउन्मुख देखिएको छ । 

पछिल्लो वर्षमा सरकारले वनकरिया समुदायलाई जनही मासिक ४ हजार रुपैयाँ सामाजिक सुरक्षाबापत भत्ता दिन थालेपछि यिनीहरुको आर्थिक अवस्थामा सुधार आएको छ । यसअघि पुर्ब प्रधानमन्त्री बाबुराम भट्टराई उहाँहरुको बस्तिमा बस्न आउँदा दिनुभएको रकमले बस्तिमा बिराना पसल खोलिएको थियो ।

‘वनकरिया’ नेपालको सबैभन्दा थोरै जनसङ्ख्या भएका आदिवासी जनजातिमध्येको एक जाति समुदाय हो । उनीहरुको सङ्ख्या दैलेखमा फिरन्ते जीवन गुजारिरहेका राउटे जातिको भन्दा पनि कम छ । मकवानपुरको मनहरि गाउँपालिका–४ मसिने नजिक मुसेधापमा बसोबास गर्ने यो समुदाय लोपोन्मुख जाति समुदायभित्र पर्दछ ।

नेपालको एकमात्र गाँऊपालिका र एकमात्र वडा जहाँ लोपान्मुख जाति वनकरियाको बसोबास रहेको छ । मकवानपुरको मनहरी गाँऊपालिका ४ मा रहेको वनकरियाहरुले  आफ्नो राष्ट्रिय परिचयपत्र बनाउनुको साथै २ पटक सम्म चुनावमा भोट हाल्न समेत पाएको भएपनि स्थाईरुपमा बसोबास गर्न र एकमुठ्ठी माटो आफ्नो भन्न नपाएकोमा भने दुख लागेको बताउनुहुन्छ ववकरिया समुदायकी मुखिया सन्तमाया वनकरिया । 

वनकरिया समुदाय शिक्षित बन्दै

वनकरिया समुदायका बालबालिका हरुलाई अध्ययन गराउनको लागि उनिहरुकै बस्तिमा स्थानिय सरकारले ईसिडी कक्षा संचालनमा ल्याइरहेको छ भने उक्त कक्षा अध्यापनको जिम्मा सन्तोषी वनकरियालाई नै दिइएको मनहरी गाउँपालिका वडा नम्बर ४ का वडा अध्यक्ष प्रकाश थापाले जानकारी दिनुभयो ।

 पशुपती माबिका प्राध्यापक भानुभक्त आचार्यले वनकरिया समुदायमा छोराछोरी वढाउनुपर्ने चेतना जागरुप भएको बताउनुहुन्छ । उहाँको अनुसार हालसम्म ३ जनाले एसएलसी र ३ जनाले इसईई पास गरेको छन् भने करिब १९ जना बालबालिका नियमित बिद्यालय आइरहेका छन् । उहाँले भन्नुभयो “ केही बर्ष अघीसम्म वनमा आधाररित जिवनशैली रहेको वनकरियाको हाल शिक्षित हुंदैछन्, राज्यको सेवा सुबिधाहरुमा पहुंच बढ्दै गएको यसले हामिलाई पनि खुसी बनाएको छ ।” वनकरिया बस्तिमा हाल उच्च शिक्षा अध्ययन गर्ने छात्राहरु समेत भएको उहाँले बताउनुभयो । वनकरियाहरु बिद्यालय भर्ना नहुँदा उनिहरुको घरमा नै गएर बिद्यालय भर्ना अभियान चलाउनुभएका आचार्यले हाल बिद्यालय आएका बालबालिकामा पनि पढाइप्रति लगाब भएको बताउनुभयो । 

वनकरिया समुदायबाट २ छात्रा आरती वनकरिया र सम्झना वनकरियाले हाल कक्षा १२ मा पत्रकारिता अध्ययन गरिरहेका छन् । उनिहरु उक्त समुदायको सबैभन्दा शिक्षित सदस्य हुने मुखिया सन्तमायाको भनाई छ । 

कक्षा १२ मा अध्ययन गरिरहनुभएकी सम्झना वनकरियाले आफुलाई पत्रकार बन्ने ठुलो रहर रहेको जनाउनुभयो । उहाँले अबको दिनमा आफ्नो समुदायको खबर लेख्न आउने अन्य पत्रकार जस्तै आफु पनि समाचार बनाउन सक्षम बन्ने जानकारी दिनुभयो । 

जनसंख्या घट्दो अबस्थामा

३ नवजात शिशुसहति ९२ जना जनसंख्या रहेका मुदायमा २४ घरधुरी रहेको छ भने जनसंख्या घट्दो रहेको तथ्याङकले देखाउछ । यस समुदायमा विवाहका लागि योग्य उमेर समूहका पुरुषभन्दा महिलाको सङ्ख्या बढी भएकाले जनसङ्ख्या घट्दो रहेको देखिन्छ । महिला विवाह गरेर समान संस्कृति भएका चेपाङ जातिसँग जाने भएकाले जनसङ्ख्या घट्दो भएको स्थानीयवासी बताउँछन् । उनीहरुमा चेपाङ समुदायसँग विवाहबारी गर्ने चलन छ ।

दुई दशकअघिदेखि मात्रै फिरन्ते जीवनशैलीलाई त्यागेर एकै स्थानमा बसोबास शुरु गरेका आदिवासी वनकरिया जातिले अझै पनि स्थायी बसोबास गर्न पाएका छैनन् । केही वर्षअघि देशका ‘धर्तीपुत्र’ भएको ठहरसहित स्थानीय प्रशासनमार्फत नागरिकता पाएका वनकरिया जाति अहिले पनि शतप्रतिशत सुकुम्वासी छन् । विसं २०५९ मा देशको लोपोन्मुख आदिवासी जनजातिका रूपमा सूचीकृत भएको वनकरिया जाति अहिले राष्ट्रिय निकुञ्जको जग्गामा अस्थायीरूपमा बसोबास गर्दै आएको छ । हाल वनकरियाको बसोबास रहेको मुसेधाप खहरेको बगर भएकाले यहाँ कृषि उत्पादन राम्रो हँुदैन । यहाँको उत्पादनले वनकरिया समुदायका लागि तीन महिना मात्रै खान पुग्छ ।

त्यसैले वनकरिया समुदायको आर्थिक अवस्था सुधार गर्न गाउँपालिकाले वनकरिया होमस्टे सञ्चालन गरिदिएको भएपनि प्रभाबकारी बन्न नसकेको पालिकाकी उपाध्यक्ष सिता पुलामीले जानकारी दिनुभयो । गाउँपालिकाले लोपोन्मुख वनकरिया जातिको रहनसहन, खानपिन, परम्परा एवं संस्कृतिको प्रचारप्रसार गर्दै उनीहरुको आर्थिकस्तर माथि उकास्न तथा उनीहरुको जीवनशैलीको अवलोकन गर्न चाहने र उनीहरुकै घरमा बास बस्न चाहनेका लागि घरबास सञ्चालन गर्न चाहेको भएपनि पाहुना नआएको कारण असफल भएको जनाउनुभयो । उहाँले भन्नुभयो “सरकारले लोपोन्मुख जाति समुदायको प्रवद्र्धन गर्न उपलब्ध गराउने मासिक रु तीन हजार भत्ताले केही राहत त दिन्छ तर, समाज रुपान्तरणका लागि स्वजागरसहितको आर्थिक रुपान्तरण आवश्यक पर्ने देखेर हामीले बिकल्प सोंचिरहेका छौं ।” पालिकाले अबको दिनमा उनिहरुले नै सुरु गरेको साबुन उत्पादन कार्य प्रबद्र्धनमा सहयोग गर्ने उहाँको भनाई छ । गाउँपालिकाले वनकरिया बस्तीलाई विस्तारै पर्यटकीय क्षेत्रका रूपमा विकास गर्दै लैजाने लक्ष्य लिएको उहाँको भनाई छ । वनकरिया बस्तीमा उत्पादन भएको तरकारी, अन्न, फलफूलसँगैको खोलाको माछा, त्यहीको घट्टमा पिसेको पिठोका परिकार प्रबद्र्धन गरिने उहाँले बताउनुभयो ।

कृषी र उत्पादनमा वनकरिया समुदाय

एटिय अध्ययन गरेकी समुदायकी पहिलो प्राबिधिक महिला सन्तोषी वनकरियाले पढाईपछी गाउँमा नै काम गरेर सबैलाई कृषिमा लगाउन सफल हुनुभएको छ । उहाँको अनुसार अहिले प्रत्येक घरमा भैंसी पालिएको छ । भैंसीको दुध बिक्री गर्नुभन्दा पनि घिऊ बनाएर बेच्दा फाईदा हुने र दुध, मोही समेत खान पाउने उहाँको भनाई छ । करेसामा तरकारी, घिउकुमारी, निम र पाखामा रहेको तितेपाती आम्दानीको स्रोत बनिरहेको उहाँले बताउनुभयो । केही बर्ष पहिला प्रत्येक घरमा करेसा माछा पोखरी खनिएको भएपनि सर्पले दुख दिएकोले माछा पालन नगरिएको उहाँको भनाई छ यद्यपी खोलाबाट पानिसंग बगेर आएको माछाले भने बेला बखत छाक टर्ने गरेको उहाँले जानकारी दिनुभयो ।

गाउँपालिकाले सिलाइबुनाइ, तरकारी खेतीलगायतका तालिम उपलब्ध गराउँदै आएको गाउँपालिकाले जनाएको छ । त्यस्ता तालिमका कारण वनकरिया अहिले आफ्ना बारीमा तरकारी, फलफूल, मकै आधुनिक तरिकाले लगाउन थालेका छन् । त्यस्तै बाख्रा, कुखुरा तथा माछापालनसमेत गर्न थालेका छन्। । त्यसरी लगाउँदा उत्पादन वृद्धि भएको छ भने उत्पादनले बजार पाएको छ ।

 चुरेको जङ्गलमा फिरन्ते जीवन बिताउँदै आएका लोपोन्मुख आदिवासी वनकरिया समुदाय कबुलियती वनमा बस्न थालेको १८ वर्ष मात्र भएको छ । पर्सा राष्ट्रिय निकुञ्जअन्तर्गत पर्ने मनहरि–४ हाँडीखोलास्थित मुसेधापमा सरकारले २० वर्षका लागि उपलब्ध गराएको नौ हेक्टर जमिनमा उनीहरू बस्दै आएका छन । 


प्रतिक्रिया

ताजा समाचार

सबै







ट्रेन्डिङ

सबै







सम्बन्धित समाचार