काठमाडौं । खानेपानीमन्त्री प्रदीप यादवले मकवानपुरको इन्द्रसरोवर गाउँपालिका– ३ स्थित सिस्नेरीबाटललितपरिको सैंबुमा ल्याइने सिस्नेरी खानेपानी आयोजनाका काम अगाडि बढाउन निर्देशन दिएका छन्।
‘बाह्रै महिना पानी खान पाउने उपत्यकावासीको सपना पूरा हुन सकेको छैन। अब हामीले सिस्नेरीको पानी उपत्यकामा पुर्याएर त्यो सपना साकार पार्नुपर्छ,’ उनले भने, ‘यसका लागि सिस्नेरी खानेपानी आयोजनाका काम अगाडि बढाउनुहोस्।’
मन्त्री यादवले सिस्नेरी खानेपानी आयोजनाका कामअगाडि बढाउन मन्त्रालयको पूर्ण सहयोग रहने आश्वासनसमेत दिए। उनले भने, ‘तपाईंहरू सिस्ने खोपानी आयोजनाका बाँकी काम अगाडि बढाउनुस्, मन्त्रालयको तर्फबाट आवश्यक पर्ने सम्पूर्ण सहयोग हुन्छ।’
काठमाडौं उपत्यका खानेपानी व्यवस्थापन बोर्डले सिस्नेरी खानेपानी आयोजनाको अध्ययनसम्बन्धी हालसम्मको प्रगतिबारेको छलफल कार्यक्रममा मन्त्री यादवले सिस्नेरी खानेपानी आयोजनाका काम तीब्र गतिमा अगाडि बढाउन निर्देशन दिए।