तोलामा ८ सयले बढ्यो सुनको मूल्य

Nagarik Sewa 1537+ समाचार ( )
१२ भाद्र २०८१, बुधवार

काठमाडौं। नेपाल सुनचाँदी व्यवसायी महासंघले बुधबारका लागि सुनको मूल्य हालसम्मकै उच्च १ लाख ५३ हजार १ सय रुपैयाँ तोकेको छ । अघिल्लो दिनको तुलनामा बुधबार तोलामा ८ सय रुपैयाँले सुन महँगिएको हो ।

यसअघि भदौ ५ गते एक लाख ५३ हजारको उच्चतम मूल्य रेकर्ड रहेकोमा एक सातामै तोडिएको छ । अघिल्लो दिन प्रतितोला १ लाख ५२ हजार ३ सय रुपैयाँ थियो । चाँदीको मूल्य तोलामा पाँच रुपैयाँले बढेको छ । अघिल्लो दिन एक हजार आठ सय ५० रुपैयाँ रहेको चाँदी आज एक हजार आठ सय ५५ कायम भएको छ ।


प्रतिक्रिया

ताजा समाचार

सबै







ट्रेन्डिङ

सबै







सम्बन्धित समाचार