प्रतितोला १६ सयले बढ्यो सुनको मूल्य

Nagarik Sewa 1537+ समाचार ( )
१९ चैत्र २०८०, सोमबार

काठमाडौं। नेपाली बजारमा सुनको भाउमा आज एकैदिन १६ सय रुपैयाँले बढेर फेरि नयाँ रेकर्ड बनेको छ । सुनको भाउ अहिलेसम्मकै उच्च विन्दु १ लाख ३१ हजार ६ सय रुपैयाँ पुगेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ । 

यसअघि गएको शुक्रवार सुनको भाउ २१ सय रुपैयाँले बढेर १ लाख ३० हजार रुपैयाँ पुग्दा रेकर्ड बनेको थियो । रुस–युक्रेनबीचको युद्ध, लगानीकर्ताको सुनमा आकर्षण तथा डलरको भाउ बढेका कारण सुनको मूल्य पनि पछिल्ला दिनमा उच्च हुँदै गएको महासङ्घले जनाएको छ । नेपालमा अन्तर्राष्ट्रिय बजार र भारतको बजारलाई आधार मानेर मूल्य निर्धारण गरिन्छ । आज चाँदीको भाउ पनि बढेको छ । चाँदी १० रुपैयाँले बढेर १ हजार ५ सय ३५ रुपैयाँमा कारोबार भइरहेको महासङ्घले जनाएको छ ।

प्रतिक्रिया

ताजा समाचार

सबै







ट्रेन्डिङ

सबै







सम्बन्धित समाचार