मध्यपुरठिमिवासीले मनाए सिन्दूर जात्रा

Nagarik Sewa 1537+ समाचार ( )
२ वैशाख २०८१, आइतबार

भक्तपुर । भक्तपुरको मध्यपुरठिमिमा हरेक नयाँ वर्षको पहिलो आइतबार मनाइने सिन्दूर जात्रा आज भव्यताको साथ मनाइएको छ । चलन अनुसार मध्यपुर ठिमीवासीहरूले एक आपसमा सिन्दूर छ्यापेर बाजागाजा तथा नाचगानसहित जात्रा मनाएका हुन् । 

सिन्दूर जात्रा मध्यपुर ठिमीको सबैभन्दा ठुलो जात्रा हो । जात्रामा ठिमी क्षेत्रबाट २३ तथा नगदेश, बोडे र टिगनीबाट ९ वटा गरी ३२ वटा खटसहित नगर परिक्रमा गर्ने परम्परा रहेकामा आर्थिक कारण एवं अन्य समस्या देखाउँदै १९ खटसहित जात्रा गरिएको छ ।


प्रतिक्रिया

ताजा समाचार

सबै







ट्रेन्डिङ

सबै







सम्बन्धित समाचार