काठमाडौं। सेयरबजारमा आइतबार दोहोरो अङ्कको गिरावट भएको छ । बिहीबार १५.३७ अङ्कले घटेकोको सेयरबजार आज थप १७.०१ अङ्कले घटेर २०३१.५५ विन्दुमा बन्द भएको छ ।
अघिल्लो कारोबारको दिन कुल ४ अर्ब ३१ करोड ३० लाख १७ हजार ७ सय १३ रुपैयाँ बराबरको कारोबार भएकोमा आज कारोबार रकम घटेर २ अर्ब ४८ करोड ९१ लाख १८ हजार ४ सय ८५ रुपैयाँ पुगेको छ । आज बजार घट्दा कारोबार रकममा पनि गिरावट भएको हो ।