काठमाडौँ । काठमाडौंको चावहिलमा रहेको सेन्ट लरेन्स स्कुलको अभिभावक दिवस सम्पन्न भएको छ ।
सेन्ट लरेन्स स्कुल व्यवस्थापन समितिका अध्यक्ष केशव प्रसाद दंगालको अध्यक्षतामा सम्पन्न अभिभावक दिवस समारोहमा नेपाली कांग्रेसका महामन्त्री तथा काठमाडौँ क्षेत्र-४ का प्रतिनिधि सभा सदस्य गगन कुमार थापाको प्रमुख आतिथ्यता रहेको थियो ।
उक्त अवसरमा सेन्ट लरेन्स कलेजका अध्यक्ष केशवप्रसाद दंगालले, 'सेन्ट लरेन्स एउटा स्कुल मात्र नभई सबै विद्यार्थीहरुको असल अभिभावकको भूमिकामा रहेर शिक्षण सिकाईको काममा समर्पित रहेको जानकारी जानकारी दिनुभयो ।
अभिभावक दिवसको अवसरमा सेन्ट लरेन्स स्कुलका प्रधानाध्यापक पुरुषोत्तम महर्जनले स्वागत मन्तव्य राख्दैँ विद्यालयले विगतमा गर्दै आएको असल गतिविधि र भविष्यमा गर्ने विभिन्न शैक्षिक योजनाहरुका बारेमा अभिभावकलाई प्रष्ट पार्नुभएको थियो ।
कार्यक्रममा काठमाडौं क्षेत्र-४ (क) का प्रदेस सभा सदस्य श्रीराम लामिछाने, काठमाडौँ महानगरपालिका वडा - ७ का अध्यक्ष बिमल कुमार होडा सहित विभिन्न क्षेत्रका विशिष्ट व्यक्तिहरूको उपस्थिति रहेको थियो ।
लामो समयदेखि शिक्षा क्षेत्रमा क्रियाशील रहेको सेन्ट लरेन्स स्कुलको अभिभावक दिवसमा विद्यार्थीहरुको रचनात्मक तथा सृजनात्मक गतिविधिहरु प्रस्तुत गरिएको थियो