गृहमन्त्री लेखकद्वारा काठमाडौं मेडिकल कलेजको निरीक्षण

Nagarik Sewa 1537+ समाचार ( )
२० श्रावण २०८१, आइतबार

काठमाडौं। गृहमन्त्री रमेश लेखकले शनिबार काठमाडौंको सिनामंगलस्थित काठमाडौं मेडिकल कलेजको निरीक्षण गर्नुभएको छ। केएमसीमा उपचाररत राष्ट्रिय सभा सदस्य बलदेव बोहराको स्वास्थ्य स्थिति बुझ्न पुग्नुभएको गृहमन्त्री लेखकले अस्पतालका विभिन्न विभागहरूको निरीक्षण गरेर जानकारी लिनुभएको हो।

गृहमन्त्री लेखकले अस्पतालको क्याथल्याब, एमआरआई, सीटीस्क्यानसहित अत्याधुनिक उपकरणको अवलोकन गरेर त्यहाँको अवस्था बारे जानकारी लिएको अस्पताल प्रबन्धक एवं प्रमुख प्रशासकीय अधिकृत नारायणप्रसाद दाहालले जानकारी दिनुभयो ।

निरीक्षणका क्रममा गृहमन्त्री लेखकले केएमसीमा अत्याधुनिक उपकरण र विशेषज्ञ चिकित्सक भएकाले बिरामीहरूले राम्रो उपचार पाउने विश्वास व्यक्त गर्नुभयो। नेपाली कांग्रेसका सांसद डा.सुनिल शर्मा सञ्चालक रहेको केएमसी स्वास्थ्य उपचारका क्षेत्रमा अब्बल अस्पतालका रूपमा चिनिन्छ ।

प्रतिक्रिया

ताजा समाचार

सबै







ट्रेन्डिङ

सबै







सम्बन्धित समाचार