वर्षा र नदीमा आएको बाढीका कारण २० जनाको मृत्यु

Nagarik Sewa 1537+ समाचार ( )
१० भाद्र २०८१, सोमबार

एजेन्सी । बंगलादेशमा बाढीका कारण २० जनाको मृत्यु भएको छ । अविरल वर्षा र नदीमा आएको बाढीका कारण २० जनाको मृत्यु भएको छ भने ५० लाखभन्दा धेरै मानिस प्रभावित भएका छन् ।

बाढीको प्रभाव बंगलादेशको दुर्गम क्षेत्रहरूमा परेका कारण खाद्यान्न, पानी, औषधि अभाव हुन थालेको बंगलादेशका अधिकारीहरुले बताएका छन् । बाढीका कारण सडक अवरुद्ध भएकाले उद्धार र राहतमा समस्या भइरहेको जनाइएको छ ।

अविरल बर्षाले राजधानी ढाकाका ग्रामीण क्षेत्रसहित ११ जिल्ला प्रभावित भएका हुन् । भारतमा बाँधका ढोकाहरू खोल्दा यसको प्रभाव बंगलालेशमा परेको बंगालादेशले आरोप लगाएको छ । भारतले भने बंगलादेशले लगाएको आरोप अस्वीकार गरेको छ ।

बंगलादेशको मौसम विभागले पानीको सतह नघटेकाले वर्षा नरोकिएमा बाढीको जोखिम कायमै रहेने भएकाले प्रभावित क्षेत्रका बासिन्दालाई सचेत रहेर सुरक्षित ठाउँमा बस्न आग्रह गरेको छ ।

प्रतिक्रिया

ताजा समाचार

सबै







ट्रेन्डिङ

सबै







सम्बन्धित समाचार