तोलामा १४ सयले बढ्यो सुनको मूल्य

Nagarik Sewa 1537+ समाचार ( )
२९ अशोज २०८१, मङ्गलबार

काठमाडौं। दशैंपछि सुनको भाउ तोलामा १४ सय रुपैयाँ बढेको छ। दशैंअघि असोज २३ गते प्रतितोला १ लाख ५९ हजार १ सय रुपैयाँ रहेको सुन आज मंगलबार १४ सयले बढेर १ लाख ६० हजार ५ सय रुपैयाँ पुगेको छ।

असोज १८ गते सुनको भाउ हालसम्मकै उच्च १ लाख ६१ हजार ३ सय रुपैयाँ पुगेको थियो। त्यस्तै चाँदी प्रतितोला २५ रुपैयाँ बढेको छ। दशैंअघि २३ गते प्रतितोला १९०० रुपैयाँ रहेको चाँदी आज १९२५ रुपैयाँ कायम भएको छ।

प्रतिक्रिया

ताजा समाचार

सबै







ट्रेन्डिङ

सबै







सम्बन्धित समाचार