इको ब्राण्डको मिनिरल वाटरमा किटाणु

Nagarik Sewa 1537+ समाचार ( )
२६ श्रावण २०८१, शनिबार

काठमाडौं । इको ब्राण्डको मिनिरल वाटरमा किटाणु भेटिएको छ । शुक्रबार काठमाडौको अनामनगरस्थित किम्ची फाष्टफुड एण्ड तन्दुरी रेष्टुरेण्टका ग्राहकले पानी पिउने बेलामा सो मिनिरल वाटरको बोतलमा किटाणु फेला पारेको हो ।

सो मिनिरल वाटरको बोतलमा लार्भाजस्तो किटाणु भेटिएपछि काठमाडौं महानगरपालिकाको अनुगमन टोलीले सिल गरेर परीक्षणको लागि कृषि तथा पशुपंक्षी विभागमा पठाएको छ । मिनिरल वाटरको बोटलमा राखिएको पानीमा लार्भाजस्तो वस्तु देखिएपछि अनुगमनका लागि सम्बन्धित विभागमा सिल गरेर पठाउने काम गरिएको काठमाडौं महानगरपालिकाका प्राविधिक अशोक पराजुलीले जानकारी दिनुभयो ।

प्राविधिक पराजुलीका अनुसार काठमाडौं महानगरपालिकाको कृषि तथा पशुपंक्षी विभागले सो वाटरमा रहेको लार्भाजस्तो वस्तु किटाणु हो/होइन रु परीक्षण गरेर मात्रै कानूनी कारबाहीको प्रक्रियामा अघि बढाउनेछ ।

प्रतिक्रिया

ताजा समाचार

सबै







ट्रेन्डिङ

सबै







सम्बन्धित समाचार