सुदूरपश्चिम मुख्यमन्त्री शाहले बिहीबार विश्वासको मत लिने

Nagarik Sewa 1537+ समाचार ( )
२० चैत्र २०८०, मङ्गलबार

काठमाडौं । सुदूरपश्चिमका मुख्यमन्त्री कमलबहादुर शाहले पर्सि बिहीबार विश्वासको मत लिने हुनुभएको छ। मुख्यमन्त्री शाहले मंगलबार बिहान विश्वासको मत लिने प्रस्ताव प्रदेशसभा सचिवालयमा दर्ता गराउनु भएको हो। 

लगतै प्रदेशसभा सचिवालयले बिहीबार ३ बजे बस्ने बैठकमा मुख्यमन्त्रीले विश्वासको मत लिने सूचना निकालेको प्रदेशसभा सचिव देवबहादुर बोगटीले जानकारी दिनुभयो ।

केन्द्रमा सत्ता समीकरण फेरिएपछि मुख्यमन्त्री शाहले २२ फागुनमा माओवादी केन्द्रका मन्त्रीहरुलाई बर्खास्त गर्नुभएको थियो । संवैधानिक व्यवस्थाअनुसार मुख्यमन्त्री शाहले ३० दिनभित्र विश्वासको मत लिइसक्नुपर्छ ।

साथै विश्वासको मत लिने सूचना दुई दिनअघि नै प्रदेशसभालाई दिनुपर्ने नियमावलीमा व्यवस्था छ । त्यसअनुसार मुख्यमन्त्री शाहले सूचना दिएका हुन्, तर उनीसँग अझै बहुमत छैन ।

प्रदेशसभाको सबभन्दा ठूलो दल कांग्रेसका १८ सांसद छन् । ५३ सदस्यीय प्रदेशसभामा बहुमतका लागि २७ सांसद चाहिन्छ । मुख्यमन्त्री शाहले सरकार जोगाउने प्रयासमा नागरिक उन्मुक्ति पार्टी ९नाउपा०का ५ सांसदलाई मन्त्री बनाएका छन् । तर सरकारलाई समर्थन गर्ने÷नगर्नेबारे नाउपामा चर्को विवाद छ । सरकारमा नभएका नाउपाका अरु दुई सांसद समर्थन नगर्ने पक्षमा देखिएका छन् ।

प्रतिक्रिया

ताजा समाचार

सबै







ट्रेन्डिङ

सबै







सम्बन्धित समाचार