तेह्रथुमको फेदाप गाउँपालिकामा भीषण आगलागी

Nagarik Sewa 1537+ समाचार ( )
४ चैत्र २०८०, आइतबार

काठमाडौं । तेह्रथुमको फेदाप गाउँपालिकामा आइतबार दिउँसो भीषण आगलागी भएको छ।  फेदाप गाउँपालिका-१ साविकको सिम्ले मयन्तापामा भीषण आगलागी हुँदा कम्तीमा १९ घर जलेका छन्।

अहिले उक्त स्थानमा आगो निभाउन नेपाल प्रहरी, सशस्त्र प्रहरी र नेपाली सेनाको टोली पुग्ने क्रममा छन्।  फेदाप-१ का वडाअध्यक्ष मोहनबहादुर श्रेष्ठले आगलागीबाट ठूल ो क्षति भएको बताए। 

चर्को घाम र हावाहुरीका कारण आगो नियन्त्रणमा मुस्किल परेको उनले बताए।  नियन्त्रत्रणमा नआएकाले आगोबाट थप क्षति हुन सक्ने अवस्था रहेको श्रेष्ठले बताए।

प्रतिक्रिया

ताजा समाचार

सबै







ट्रेन्डिङ

सबै







सम्बन्धित समाचार