नेपाल अमेरिकासँग ३ विकेटले पराजित

Nagarik Sewa 1537+ समाचार ( )
१२ कार्तिक २०८१, सोमबार

काठमाडौं। आईसीसी विश्वकप लिग २ मा नेपाल अमेरिकासँग ३ विकेटले पराजित भएको छ । नेपालले दिएको २८७ रनको लक्ष्य अमेरिकाले ७ विकेटको क्षतिमा २ बल बाँकी हुँदा भेटायो । अमेरिकाका ओपनर शायन जहाजिंगरले सर्वाधिक १०४ रनको शतकीय इनिङ खेलेपछि अमेरिका जित दर्ता गर्न सफल भएको हो ।

यस्तै, कप्तान मोनांक पटेलले ६२, हरमित सिंहले ५७, शाड्लीले २९ र जसदीप सिंह र साइतेजा मुकामल्लाले ११र११ रन बनाए । ११ रन नै अमेरिकाले अतिरिक्त बटुलेको थियो ।

६ ओभर बलिङ गरेका नेपालका कुशल भुर्तेलले २३ रन खर्चेर ४ विकेट लिए । सोमपाल कामीले २ र ललित राजवंशीले एक विकेट लिए । त्यसअघि टस हारेर पहिले ब्याटिङको गरेको नेपालले ५० ओभरमा अल आउट हुँदै २८६ रन बनाएको थियो । नेपालका कप्तान रोहित पौडेलले ७५ बलमा ८ चौका र ३ छक्कासहित ९६ रन बनाएर शतकबाट चुके ।

ओपनर अनिल साह ५६ र आसिफ शेख ५२ रनमा आउट भए । आरिफ शेख ३७, दीपेन्द्रसिंह ऐरी १३, कुशल भुर्तेल ११ रन बनाए । अन्य ब्याटरले दोहोरो अंक बनाउन सकेनन् । अमेरिका नोस्थुश केन्जिगेले ४, हरमीत सिह, शाड्ली भान शाक्ली र जसदीप सिंहले समान एकरएक विकेट लिए ।

लिग २ का लागि अमेरिकामा रहेको नेपालले अर्को खेल मंगलबार स्कटल्यान्डसँग खेल्नेछ ।

प्रतिक्रिया

ताजा समाचार

सबै







ट्रेन्डिङ

सबै







सम्बन्धित समाचार