चन्द्रागिरि नगरपालिकामा जर्मन सरकारको सहकार्यमा अस्पतालको निर्माण

Nagarik Sewa 1+ समाचार ( )
१२ अशोज २०८०, शुक्रबार

"चन्द्रागिरि नगरपालिकामा जर्मन सरकारको सहकार्यमा निर्माण हुन लागेको १ अर्ब बराबरको प्रसुति विशेषज्ञ अस्पतालको निर्माणका लागि जर्मन बिकास बैंकबाट बजेट निकासाको कार्य सम्पन्न, जर्मन सरकारद्वारा प्राविधिक तथा कन्सल्टेन्ट छनौट कार्य पनि पुरा " 

आज मिति २०८०/०६/१२ गते शुक्रबार चन्द्रागिरि नगरपालिकाका नगर प्रमुख घनश्याम गिरीज्यु र जर्मन बिकास बैंकका प्रतिनिधिज्युहरु बीच प्राथमिक अस्पताल थानकोटमा बैठक सम्पन्न भएको छ।


उक्त बैठकमा जर्मन सरकारको सहयोगमा उक्त प्राथमिक अस्पताल नजिकै निर्माण हुन गइरहेको १ अर्ब बजेट बराबरको प्रसुति विशेषज्ञ अस्पतालको निर्माण प्रकृयाको प्रगति विवरण र अब नगरपालिकाले गर्नु पर्ने कार्यहरुका बारेमा विश्लेषण तथा छलफल भएको थियो।

उक्त बैठकमा नगर प्रबक्ता कृष्ण प्रसाद खड्गीज्यु, प्रमुख प्रशासकीय अधिकृत हेमराज अर्यालज्यु, स्वास्थ्य शाखा प्रमुख ज्यु, अस्पताल प्रमुखज्यु तथा जर्मन विकास बैंकका प्रतिनिधिज्युहरुको उपस्थिति रहेको थियो।


नगर प्रमुखज्युले नगरपालिकाले मन्त्रीस्तरिय निर्णय मार्फत उक्त अस्पतालको लागि जग्गा प्राप्तिको प्रकृया टुङ्गीसकेको कुरा जानकारी गराउनु भयो। र साथै सोही स्थानमा अर्को २५ शैयाको डायलासिस सेवा सहितको अस्पतालको पनि टेण्डर प्रकृया सकेर निर्माण कार्य पनि करिब १९ करोड लागतमा शुरु भइसकेको कुरा पनि जानकारी गराउनु भयो।

बैठकमा उपस्थित जर्मन विकास बैंक (kfw)का प्रतिनिधिज्युहरुले बजेट निकासाको कार्य सम्पन्न भइसकेको र उक्त प्रसुति बिशेषज्ञ अस्पताल निर्माण गर्न जर्मन सरकारले कन्सल्टेन्ट तथा प्राविधिक पनि छनौट गरिसकेको कुरा जानकारी गराउनु भयो।


यो साता नेपाल सरकारको स्वास्थ्य र अर्थ मन्त्रालय संग जर्मन बिकास बैंकले सम्झौता गर्ने कार्यको प्रकृया अगाडी बढ्ने कुरा पनि जर्मन प्रतिनिधिज्युहरुले बताउनु भयो।

प्रतिक्रिया

ताजा समाचार

सबै







ट्रेन्डिङ

सबै







सम्बन्धित समाचार