गौशाला धर्मशालामा मारवाडी सेवा समितिको मोहियानी हक नलाग्ने स्पष्ट

Nagarik Sewa 1537+ समाचार ( )
३० अशोज २०८१, बुधवार

काठमाडौं । पशुपति क्षेत्र विकास कोषले गौशाला धर्मशालामा मारवाडी सेवा समितिको मोहियानी हक नलाग्ने स्पष्ट गरेको छ । धर्मशाला विवादमा आज कोषले आफ्नो धारणा सार्वजनिक गर्दै यसबारे स्पष्ट गरेको हो ।

कोष कानुन बमोजिम अघि बढेको र अझ बढ्ने पनि कोषले जनाएको छ । कोषले २०२१ र २०४२ सालको नापी कतै पनि मोहीको ठाउँमा मारवाडी सेवा समितिको नाम उल्लेख नभएको भन्दै समितिको कुनै हक नलाग्ने दाबी गरेको हो ।

कोषले आज पत्रकार सम्मेलन गरी ०५८ सालमा जिल्ला प्रशासन कार्यालय काठमाडौंमा दर्ता भएको मारवाडी सेवा समितिले १९९७ सालदेखि भोग चलन गरेको भनेर मोहियानी हक लाग्ने दाबी गर्न नमिल्ने धारणा सार्वजनिक गरेको हो । असोज २२ गते हाललाई धर्मशालाको व्यवस्थापनको जिम्मा महानगरपालिकालाई दिने निर्णय भएको कोषका प्रवक्ता रेवती रमण अधिकारीले बताउनुभयो ।

भगवान पशुपतिनाथको जग्गा एवं सम्पत्ति कसैले पनि गलत ढंगले अतिक्रमण गर्न नहुने पशुपति कोषको ठहर छ । भगवानको सम्पत्तिको संरक्षण गर्नु सबैको कर्तव्य भएको तर्फ पनि कोषले स्मरण गराएको छ ।

प्रतिक्रिया

ताजा समाचार

सबै







ट्रेन्डिङ

सबै







सम्बन्धित समाचार