चार दिनदेखि बन्द पोखरा अन्तर्राष्ट्रिय विमानस्थल आज बिहानदेखि खुल्यो

Nagarik Sewa 1537+ समाचार ( )
२० वैशाख २०८१, बिहीबार

काठमाडौं। बाक्लो तुवालोका कारण ‘भिजिबिलिटी’ नपुग्दा विगत चार दिनदेखि बन्द भएको पोखरा अन्तर्राष्ट्रिय विमानस्थल बिहीबार बिहानदेखि खुलेको छ। 

‘चार दिनदेखि पोखरा विमानस्थलमा उडान भएको थिएन। आज भिजिबिलिटी पुगेकाले उडान शुरु भएको छ। चार दिनमा दुई दिन त कुनै पनि उडान भएनन् भने दुई दिन आंशिक मात्रै उडान भए’,  बुद्ध एयरका सूचना अधिकारी दीपेन्द्रकुमार कर्णले भने।      

मौसममा सुधार आएसँगै आज बिहानैदेखि उडान नियमित भएका उनले जानकारी दिए।  पोखरा आसपासका क्षेत्रमा डढेलो लागेको र तुवालोका कारण भिजिबिलिटी नपुग्दा विमानस्थल बन्द भएको जनाइएको छ। चार दिनसम्म उडान नहुँदा यात्रुले वैकल्पिक मार्ग प्रयोग गरेका  थिए।

प्रतिक्रिया

ताजा समाचार

सबै







ट्रेन्डिङ

सबै







सम्बन्धित समाचार