११ सयले बढ्यो सुनको मूल्य

Nagarik Sewa 1537+ समाचार ( )
९ श्रावण २०८१, बुधवार

काठमाडौं। सुनको भाउ आज तोलामा १ हजार १ सय रुपैयाँले बढेको छ । हिजो तोलाको १ लाख ४६ हजार ३ सय रुपैयाँमा कारोबार भएको सुनको भाउ बढेर आज तोलाको १ लाख ४७ हजार ४ सय रुपैयाँ पुगेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ । 

त्यस्तै आज चाँदीको भाउ पनि तोलामा १५ रुपैयाँले बढेको छ । हिजो तोलाको एक हजार सात सय ९० रुपैयाँमा कारोबार भएको चाँदी आज तोलाको एक हजार आठ सय पाँच रुपैयाँ पुगेको महासङ्घले जनाएको छ ।

प्रतिक्रिया

ताजा समाचार

सबै







ट्रेन्डिङ

सबै







सम्बन्धित समाचार