सुनको मूल्य स्थिर

Nagarik Sewa 1537+ समाचार ( )
१९ भाद्र २०८१, बुधवार

काठमाडौं। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार विगत तीन दिनदेखि सुनको मूल्य स्थिर रहेको छ। तीन दिनदेखि सुन प्रतितोला १ लाख ५२ हजार रुपैयाँमा कारोबार भएको छ ।

अन्तर्राष्ट्रिय बजारमा मूल्य उतारचढाव न्यून रहेपछि नेपालमा पनि मूल्य स्थिर रहेको हो । भदौ १३ गते सुनको मूल्य हालसम्मकै उच्च १ लाख ५३ हजार २ सय रुपैयाँ पुगेको थियो । चाँदी भने तोलामा २० रुपैयाँ घटेको छ । अघिल्लो दिन प्रतितोला १७७५ रुपैयाँमा कारोबार भएको चाँदी बुधबार १७५५ रुपैयाँ कायम भएको छ ।

प्रतिक्रिया

ताजा समाचार

सबै







ट्रेन्डिङ

सबै







सम्बन्धित समाचार