काठमाडौं। प्रदेश सभाको चौथो अधिवेशनको २५ औं बैठकमा आज दिउँसो १ बजे लुम्बिनीका मुख्यमन्त्री चेतनारायण आचार्यले आज विश्वासको मत लिँदैहुनुहुन्छ ।
नेपाली कांग्रेससँगको गठबन्धनबाट आचार्य साउन ७ गते मुख्यमन्त्रीमा नियुक्त हुनुभएको थियो। उहाँलाई एमाले र कांग्रेससहित नागरिक उन्मुक्ति पार्टी, लोकतान्त्रिक समाजवादी पार्टी, जनमत पार्टी, जसपा नेपाल र एक स्वतन्त्र सांसदले विश्वासको मत दिने भएका हुन् ।
प्रदेश सभामा एमालेका २९, कांग्रेसका २७, नागरिक उन्मुक्तिका ४, लोसपा र जनमतका ३(३, जसपाका २, जसपा नेपालका एक र स्वतन्त्र एक गरी ८७ सदस्यीय प्रदेश सभामा आचार्यलाई ७० प्रदेश सभा सदस्यले विश्वासको मत दिने भएका छन् ।