कामीरिता शेर्पाद्वारा आफ्नै रेकर्ड तोड्दै २९ औँ पटक सगरमाथा आरोहण

Nagarik Sewa 1537+ समाचार ( )
३० वैशाख २०८१, आइतबार

काठमाडौं । सगरमाथा हिमालको कीर्तिमानी आरोही कामीरिता शेर्पाले आफ्नै रेकर्ड तोड्दै २९ औँ पटक सगरमाथा आरोहण गरेका छन् । कामीरिताले आज बिहान ७ बजेर २५ मिनेटको समयमा सगरमाथाको २९ औँ पटक सफल आरोहण गरेका हुन् । सोलुखुम्बुको थामे निवासी कामीरिताले सन् १९९२ बाट हिमाल आरोहण गर्न थालेका हुन् ।

कामीमरिताले सगरमाथासँगै विश्वकै दोस्रो अग्लो हिमाल के टू, चोयू, ल्होत्से र मकालु लगायतका हिमाल आरोहण गरिसकेका छन् । यसअघि उन्ले सन् २०२३ मा २८ औँ पटक सगरमाथाको सफल आरोहण गरिसकेका छन् ।

सन् १९९४ मे १३ मा पहिलो पटक सगरमाथाको चुचुरोमा पुगेका कामीरिताको नाममा आठ हजार मिटर अग्ला शिखरमा सबैभन्दा बढी आरोहण गरेको कीर्तिमान छ ।

प्रतिक्रिया

ताजा समाचार

सबै







ट्रेन्डिङ

सबै







सम्बन्धित समाचार