रवि लामिछानेद्वारा आफूलाई पार्टीभित्रैबाट प्रहार नगर्न आग्रह

Nagarik Sewa 1537+ समाचार ( )
१ अशोज २०८१, मङ्गलबार

काठमाडौं। मंगलबार काठमाडौंमा पार्टीको केन्द्रीय परिषद्‌को पहिलो राष्ट्रिय भेलालाई सम्बोधन गर्दै राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले आफूलाई पार्टीभित्रैबाट प्रहार नगर्न आग्रह गर्नुभएको छ। 

सभापति लामिछानेले बाहिरको प्रहार जति पनि खेप्न आफू तयार रहेको तर भित्रबाट प्रहार नगर्न आग्रह गर्नुभएको हो। 'बाहिरको प्रहार जति पनि खेप्छु, खेप्छौँ । भित्रबाट प्रहार नगर्नुस् । हामी लड्यौँ भने आफ्नै खुट्टामा अल्झिएर लड्छौँ,' उहाँले भन्नुभयो ।

सभापति लामिछानेले आफूहरू सिंहदरबारको सेटिङ बुझेर भत्काउन सरकारमा गएको र सकेको गर्ने बताउनुभयो ।

'सिंहदरबारको सेटिङ बुझेर भत्काउन सरकारमा गएका थियौँ । सक्दो गर्‍यौँ पनि । सरकारमा रहँदा चार महिनामा समाएका भुरा माछा गनेर बस्दिनँ । समात्नुपर्ने ठूला माछा धेरै छन्, ढिलोचाँडो तिनलाई रास्वपाले नै ठेगान लगाउनेछ,' उहाँले भन्नुभयो । 

प्रतिक्रिया

ताजा समाचार

सबै







ट्रेन्डिङ

सबै







सम्बन्धित समाचार