काठमाडौं। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को २ दिने राष्ट्रिय भेला आज देखि चल्ने भएको छ । प्रज्ञा प्रतिष्ठान कमलादीमा आज पहिलो दिन सभापति रवि लामिछाने र पदाधिकारीले घण्टी बजाएर भेलाको उद्घाटन गर्नुभएको हो ।
पहिलो दिन आज कार्यबहाक महामन्त्री एवम् संगठन विभाग प्रमुख कबिन्द्र बुर्लाकोटीले सांगठनिक प्रतिवेदन पेश गर्नुहुनेछ । सोही प्रतिवेदनमाथि छलफल हुनेछ । सभापति रवि लामिछानेको राजनीतिक प्रतिवेदन भने दोस्रो दिन बुधबार पेश हुने नेताहरूले जनाएका छन् ।
यसै भेलाबाट रास्वापाले राष्ट्रिय अभियान पनि घोषणा गर्नुका साथै प्रथम महाधिवेशनको मितिसमेत तय गर्नेछ । भेलामा विचार, संगठन, संसदीय मामिला, अभियान, मूल्य(मान्यता, उम्मेदवार क्लबरलिडरसिप एकेडेमी, विधान संशोधन लगायतका एजेन्डामापनि छलफलका साथै भेलामा देशभरबाट एक हजार पाँच सय बढी प्रतिनिधि सहभागी भएका छन् ।
निर्वाचन क्षेत्र समिति, जिल्लाका संयोजकरउपसंयोजक,प्रदेशको समितिरविभाग, केन्द्रीय समितिरविभाग र आयोगहरूबाट प्रतिनिधित्व छ । भेलाले नीतिगत, वैचारिक, सांगठनिक रुपले रास्वपालाई थप परिपक्व र स्पष्टता प्रदान गर्ने रास्वपाले अपेक्षा राखेको छ ।