आज २०५ औँ भगवती जात्रा निकालिँदै

Nagarik Sewa 1537+ समाचार ( )
११ भाद्र २०८१, मङ्गलबार

काठमाडौं। नेपाली सेनाले अङ्ग्रेजलाई युद्धमा हराएर विजय उत्सबको रूपका मनाइने ऐतिहासिक भगवती जात्रा (खट यात्रा) आज निकालिँदै छ । नेपालले अङ्ग्रेजलाई युद्धमा हराएको सम्झनामा निकालिने यो भगवती जात्रा २०५ औँ हो । 

भगवती जात्राको तयारी पूरा भएको श्री ७ रणउजिरेश्वरी भगवती गुठी व्यवस्थापन समितिका अध्यक्षले जानकारी दिए । पश्चिम नेपालको मुख्य जात्राको रूपमा रहेको भगवती जात्रामा पूजाअर्चना तथा जात्रा अवलोकनका लागि राष्ट्रपति रामचन्द्र पौडेल आज तानसेन पुग्ने कार्यक्रम रहेको छ ।

जात्रा अवलोकन गर्नका लागि लुम्बिनी प्रदेश सभाका मुख्यमन्त्री चेतनारायण आचार्य पनि पाल्पा पुग्ने भगवती गुठी प्रचारप्रसार संयोजकले जानकारी दिए । जात्राको अवसरमा लुम्बिनी प्रदेश सरकारले पाल्पा जिल्लाभर आज सार्वजनिक बिदा दिइएको छ । रणउजिरेश्वरी भगवतीको जात्रा पश्चिम नेपालकै सबैभन्दा ठूलो जात्रा हो । 

जात्रामा जिल्लास्थित सरकारी कार्यालयका कर्मचारी, नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी, तथा विभिन्न सङ्घसंस्था र सर्वसाधारणले पहिचान झल्किने झाँकी र्याली प्रदर्शन गर्ने गर्दछन् ।

प्रतिक्रिया

ताजा समाचार

सबै







ट्रेन्डिङ

सबै







सम्बन्धित समाचार