एसईईको नतिजा शुक्रबारसम्ममा प्रकाशित गर्ने बोर्डको तयारी

Nagarik Sewa 1+ समाचार ( )
१७ असार २०८०, आइतबार
काठमाडौँ। माध्यमिक शिक्षा परीक्षा (एसईई)को नतिजा  शुक्रबारसम्ममा प्रकाशित हुने भएको छ ।

राष्ट्रिय परीक्षा बोर्डका अनुसार अहिले नतिजा प्रकाशनको अन्तिम काम भइरहेको छ । परीक्षा नियन्त्रण कार्यालय (कक्षा १०) का परीक्षा नियन्त्रक विष्णुनारायण श्रेष्ठका अनुसार शुक्रबारसम्ममा नतिजा प्रकाशन गर्नेगरी काम भइरहेको छ । 

उहाँले भन्नुभयो, “अहिले परीक्षाफल प्रकाशित गर्नका लागि अन्तिम तयारी भइरहेको छ । शुक्रबार (साउन २२) सम्म परीक्षाफल सार्वजनिक गर्छौँ ।”

एसईईको नतिजा कुन लेटर ग्रेडिङ अनुसार प्रकाशित गर्ने भन्ने यकिन भएको छैन । गत वर्ष चैत १७ देखि २९ गतेसम्म एसईई परीक्षा भएको थियो । ७७ जिल्लाका दुई हजार ३६ परीक्षा केन्द्रमा सम्पन्न भएको परीक्षामा पाँच लाख विद्यार्थी सहभागी थिए ।गोरखापत्र अनलाइन

प्रतिक्रिया

Narendra १७ असार २०८०, आइतबार

See ko

ताजा समाचार

सबै







ट्रेन्डिङ

सबै







सम्बन्धित समाचार