काठमाडौँ । पाशुपत क्षेत्रमा ४५ वर्षपछि 'लाखे भ्यालिन्चा नाचँ' मनाइएको छ । विगत ४५ वर्षदेखि लोपोन्मुख अवस्थामा रहेको'लाखे भ्यालिन्चा नाचँ' अहिले युवाहरूको सक्रियतामा तान्त्रिक विधिद्वारा पुुजा आरधना गरि नाचँको शुरूवात गरिएको हो ।
उक्त नाचँ शुक्ल पक्षको पञ्चमी अर्थात नागपञ्चमीबाट शुरूवात भएर कृष्ण पक्षको अष्टमी अर्थात कृष्ण जन्माष्टमीमा समापन हुने स्थानीय श्री कृष्ण डंगोलले बताउनुभयो ।
उहाँले, २०३४/३५ सालमा स्थानीय हरि बहादुर डंगोल लाखे बन्नुभएको र उहाँले जतनका साथ राख्नुभएको मुकुटको पुजा अर्चना गरि आर्थिक अवस्थाका कारण लोपोन्मुख भएको नाचँको पुनउत्थान गरिएको बताउनुभयो ।
पाशुपत क्षेत्रका विभिन्न टोलहरूमा लाखे घुमाउने र यसको संरक्षण युवा पुस्ताहरूले गरिरहेको डंगोलले बताउनुभयो । उहाँले, यस जात्राको संरक्षण दथु: त्वा बाजा खलले गरिरहेको र यसमा स्थानीय वासिन्दा तथा टोलका युवापुस्ताहरूको सक्रिय सहभागी रहेको बताउनुभयो ।
लाखेलाई टोलमा सुरक्षा दिने, शुभको प्रतिकका रूपमा पनि लिइन्छ भने, शक्तिको प्रतिकको रूपमा लिने गरिन्छ ।