जाजरकोटमा पहिरो जाँदा २ जना बेपत्ता

Nagarik Sewa 1537+ समाचार ( )
२३ भाद्र २०८१, आइतबार

काठमाडौं । जाजरकोटमा पहिरो जाँदा २ जना बेपत्ता भएका छन् । बारेकोट गाउँपालिका ६ मा शनिबार राति २ बजे पहिरोले घर पुरिँदा श्रीमान् श्रीमती बेपत्ता भएका हुन् । पहिरोमा परेर एक बालिका गम्भीर घाइते भएकी छिन् ।

घर पुरिँदा मान बहादुर चलाउने र उन्की श्रीमती वडा नं ६ की महिला वडा सदस्य समेत रहेकी मायादेवी चलाउने पुरिएकी जिल्ला समन्वय समिति जाजरकोटले जनाएको छ । घटनामा घाइते भएकी चलाउनेकी छोरीलाई स्थानीयले उद्दार गरेका छन् ।

घटनास्थलमा सञ्चार सम्पर्क हुन नसक्दा यथार्थ विवरण प्राप्त गर्न समस्या भइरहेको जाजरकोट प्रहरीले जनाएको छ । प्रहरीको टोली घटनास्थलतर्फ गएको बताइएको छ ।

प्रतिक्रिया

ताजा समाचार

सबै







ट्रेन्डिङ

सबै







सम्बन्धित समाचार