प्रतितोला ४ सय रुपैयाँले घट्यो सुनको मूल्य

Nagarik Sewa 1537+ समाचार ( )
२० चैत्र २०८०, मङ्गलबार

काठमाडौं । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबार उच्च मूल्य रेकर्ड बनाएको सुन मंगलबार भने प्रतितोला ४ सय रुपैयाँले घटेर १ लाख ३१ हजार २ सय रुपैयाँमा झरेको छ । अघिल्लो दिन प्रतितोला १ लाख ३१ हजार ६ सय रुपैयाँमा सुनको कारोबार भएको थियो । जुन मूल्य हालसम्मकै उच्च हो । 

सुनको मूल्य केही घटे पनि चाँदी भने बढेको छ । अघिल्लो दिन तोलामा १ हजार ५३५ रुपैयाँमा कारोबार भएको चाँदी आज १० रुपैयाँ बढेर १ हजार ५४५ रुपैयाँ कायम भएको छ।




प्रतिक्रिया

ताजा समाचार

सबै







ट्रेन्डिङ

सबै







सम्बन्धित समाचार