सुनको मूल्य स्थिर

Nagarik Sewa 1537+ समाचार ( )
२० भाद्र २०८१, बिहीबार

काठमाडौं । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार नेपाली बजारमा बिहीबार सुनको मूल्य स्थिर रहेको छ । बुधबार तोलामा १ लाख ५२ हजार रुपैयाँमा कारोबार भएको छापावाल सुन बिहीबार पनि सोही मूल्यमा कारोबार भएको हो । 

यस्तै बिहीबार छापावाल सुन प्रति १० ग्राम १ लाख ३० हजार ३१५ रुपैयाँमा कारोबार भएको महासंघले जनाएको छ । 

यसैबीच बिहीबार चाँदीको मूल्य तोलामा सामान्य वृद्धि भएको छ । बुधबार तोलामा १ हजार ७५५ रुपैयाँमा कारोबार भएको चाँदीको मूल्य बिहीबार बढेर तोलामा १ हजार ७६५ रुपैयाँमा कारोबार भएको महासंघले जनाएको छ । 

प्रतिक्रिया

ताजा समाचार

सबै







ट्रेन्डिङ

सबै







सम्बन्धित समाचार