वित्तीय क्षेत्रको वैदेशिक सम्पत्ति एक वर्षमा ३ खर्ब ३ अर्ब रुपैयाँबराबरको वृद्धि

Sabina Gnyawali 2+ समाचार ( )
५ चैत्र २०८०, सोमबार

काठमाडौं । वित्तीय क्षेत्रको वैदेशिक सम्पत्ति  एक वर्षमा ३ खर्ब ३ अर्ब रुपैयाँबराबरको वृद्धि भएको छ। नेपाल राष्ट्र बैंकका अनुसार २०७९ असार मसान्तमा ११ खर्ब ४९ अर्ब ६४ करोड रहेकोमा २४.५ प्रतिशतले वृद्धि भई २०८० असार  मसान्तमा १४ खर्ब ५२ अर्ब ३ करोड पुगेको हो।

वित्तीय क्षेत्रको सार्वजनिक गैर–वित्तीय संस्थान माथिको दाबी २०७९ असार मसान्तमा ३२ अर्ब ४४ करोड २९ लाख रहेकोमा २०८० असार मसान्तमा ३२ अर्ब ४४ करोड २४ लाख रहेको छ। वित्तीय क्षेत्रको यस्तो दाबी २०७८ असार मसान्तमा ३५ अर्ब ८२ करोड र २०७७ असार मसान्तमा ३६ अर्ब ७२ करोड रहेको थियो।  वित्तीय क्षेत्रको निजी क्षेत्रमाथिको दाबी २०७९ असार मसान्तमा ५५ खर्ब २० अर्ब ९ करोड रहेकोमा ५.० प्रतिशतले वृद्धि भई २०८० असार मसान्तमा ५७ खर्ब ९४ अर्ब ७६ करोड पुगेको छ।

नेपाल राष्ट्र बैंकले आज एक प्रतिवेदन सार्वजनिक गरेको छ। जस अनुसार  वित्तीय क्षेत्रको यस्तो सम्पत्ति २०७८ असार मसान्तमा १३ खर्ब ७० अर्ब ५२ करोड र २०७७ असार मसान्तमा १३ खर्ब २६ अर्ब ३४ करोड रहेको थियो।  वित्तीय क्षेत्रको आन्तरिक दाबी २०७९ असार मसान्तमा ६३ खर्ब ५ अर्ब ८१ करोड रहेकोमा ८.६ प्रतिशतले वृद्धि भई २०८० असार मसान्तमा ६८ खर्ब ५० अर्ब ३० करोड पुगेको छ।

वित्तीय क्षेत्रको यस्तो दाबी २०७८ असार मसान्तमा ५४ खर्ब ५३ अर्ब र २०७७ असार मसान्तमा ४३ खर्ब २९ अर्ब १० करोड रहेको थियो।  वित्तीय क्षेत्रको नेपाल सरकारमाथिको खुद दाबी २०७९ असार मसान्तमा ७ खर्ब ५३ अर्ब २८ करोड रहेकोमा ३५.८ प्रतिशतले वृद्धि भई २०८० असार मसान्तमा १० खर्ब २३ अर्ब ९ करोड पुगेको छ। वित्तीय क्षेत्रको यस्तो दाबी २०७८ असार मसान्तमा ५ खर्ब ९५ अर्ब ३० करोड र २०७७ असार मसान्तमा ४ खर्ब ६५ अर्ब २६ करोड रहेको थियो। 


प्रतिक्रिया

ताजा समाचार

सबै







ट्रेन्डिङ

सबै







सम्बन्धित समाचार