काठमाडौँ । गौशाला प्रहरी वृत्तलाई काठमाडौँ महानगरपालिका वडा ८ द्वारा निर्माण गरिएको भवन हस्तान्तरण गरिएको छ ।
आईतबार एक कार्यक्रमका बिच काठमाडौं महानगरपालिकाका वडा अध्यक्ष आशामान संगत तथा काठमाडौँ प्रहरी परिसरका प्रमुख एसएसपी भुपेन्द्र बहादुर खत्री, प्रहरी वृत्त गौशालाका प्रमुख प्रहरी नायव उपरिक्षक संजीव बाबू खड्का लगायतले संयुक्त रूपमा भवनको समुद्घाटन गर्नुभएको हो ।
कार्यक्रममा बोल्दै काठमाडौं महानगरपालिका वडा ८ का वडाअध्यक्ष आशामान संगतले, करिव दश लाखको लागतमा प्रहरी वृत्त गौशालालाई कार्य संयोजन गर्न सहज होस भन्ने हिसावले तीन कोठाको प्रशासनिक भवन निर्माण गरि हस्तान्तरण गरिएको बताउनुभयो । उहाँले, 'प्रहरी मेरो साथि' भन्ने नारा गौशाला प्रहरिबाट ब्यवहारमा देखिएको बताउदैँ प्रसंसा व्यक्त गर्नुभयो । उहाँले, स्थानिय र प्रहरिको सहकार्यबाट नै अपराधिक घटना न्युनिकरण हुने हुदाँ साथ र सहयोगको लागि आफुहरू सधैँ तयार रहेको उल्लेख गर्नुभयो ।
त्यस्तै, कार्यक्रमका प्रमुख अतिथि एवं काठमाडौँ प्रहरी परिसरका प्रमुख एसएसपी भुपेन्द्र बहादुरले, 'सामुदायिक सेवा केन्द्र र सामुदायिक प्रहरि सेवा केन्द्रले स्थानिय टोल स्कुल, कलेज जस्ता ठाउँमा गई अपराध न्युनिकरण सम्बन्धि जनचेतना फैलाएकोमा प्रसंसा ब्यक्त गर्नुभयो ।
कार्यक्रममा सभापति एवं गौशाला प्रहरि वृतका प्रमुख डिएसपी सन्जिव बाबु खड्काले प्रशासनिक भवन निर्माणमा साथ सहयोग गर्नुहुने सबैलाई धन्यवाद व्यक्त गर्नुभयो । उहाँले, यस भवनबाट प्रशासानिक काम कार्वाहीका लागि महत्त्वपूर्ण योगदान पुग्ने खड्काले बताउनुभयो ।
कार्यक्रममा गौशाला प्रहरि बृतका प्रमुख डिएसपी सन्जिव बाबु खड्का, काठमाडौँ प्रहरी परिसरका प्रमुख एसएसपीभुपेन्द्र बहादुर, वडा अध्यक्ष आशामान संगत, वडा सदस्यहरू सहित विभिन्न तह र ति्काका व्यक्तिहरूको सहभागीता रहेको थियो ।