बाली तथा पशुपंक्षी बीमाको लागि १ अर्ब ६५ करोड बजेट

Nagarik Sewa 1537+ समाचार ( )
१५ जेठ २०८१, मङ्गलबार

काठमाडौं। साना किसानको बाली तथा पशुपंक्षी बीमाको लागि सरकारले प्रिमियम रकममा अनुदान प्रदान गर्न १ अर्ब ६५ करोड बजेट छुट्याएको छ। 

मंगलबार प्रतिनिधि सभाको संयुक्त बैठकमा अर्थमन्त्री वर्षमान पुनले आगामी आर्थिक वर्ष २०८१÷८२ को बजेट प्रस्तुत गर्ने क्रममा यस्तो बताउनुभएको हो।

केही वर्षदेखि सञ्चालनमा रहेको कृषि बीमा कार्यक्रम अन्तर्गत सरकारले दुई अर्ब ५० करोड रूपैयाँ भुक्तानी दिन सकेको छैन। कृषि बीमामा सरकारले प्रमियिम रकमका ७० प्रतिशतसम्म अनुदान दिँदै आएको छ।

प्रतिक्रिया

ताजा समाचार

सबै







ट्रेन्डिङ

सबै







सम्बन्धित समाचार