तोलामा ३ सयले घट्यो सुनको मूल्य

Nagarik Sewa 1537+ समाचार ( )
१४ भाद्र २०८१, शुक्रबार

काठमाडौं। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला ३ सय रुपैयाँ घटेर १ लाख ५२ हजार ९ सय रुपैयाँमा कारोबार भइरहेको छ।

हिजो बिहीबार छापावाल सुन प्रतितोला १ लाख ५३ हजार २ सय रुपैयाँमा कारोबार भएको थियो। त्यसैगरी आज चाँदीको भाउ पनि घटेको छ। बिहीबार प्रतितोला एक हजार आठ सय ३० रुपैयाँमा कारोबार भएको चाँदी आज शुक्रबार प्रतितोला एक हजार आठ सय २० रुपैयाँमा किनबेच भइरहेको छ।

यो भाउ अघिल्लो दिनको तुलनामा प्रतितोला १० रुपैयाँ घटेको हो।

प्रतिक्रिया

ताजा समाचार

सबै







ट्रेन्डिङ

सबै







सम्बन्धित समाचार