सर्वोच्चको न्यायधीशमा निरौला र पाण्डेयको नाम सिफारिस

Nagarik Sewa 1537+ समाचार ( )
११ अशोज २०८१, शुक्रबार

काठमाडौं। शुक्रबार बसेको न्यायपरिषदको बैठकलेले सर्वोच्च अदालतको न्यायधीशमा दुईजनाको नाम सिफारिस गरेको छ । बैठकले उच्च अदालत पाटनका मुख्य न्यायाधीश नृपध्वज निरौला र उच्च अदालत तुलसीपुरका न्यायाधीश नित्यानन्द पाण्डेयलाई सर्वोच्च अदालतको न्यायाधीशका लागि सिफारिस गरेको हो ।

संसदीय सुनुवाई समितिबाट नाम अनुमोदन भएमा सर्वोच्चमा सिफारिस भएका निरौला छोटो समयका लागि प्रधानन्यायाधीश बन्नेछन्। ६ पुस, २०९३ मा टेकप्रसाद ढुंगाना अवकाश भएपछि निरौला पुगनपुग दुई महिनाका लागि प्रधानन्यायाधीशको रोलक्रममा हुनेछन् । निरौला सर्वोच्च अदालतका तेस्रा मुख्यरजिष्ट्रार हुन् । उनी मुख्यरजिष्ट्रारबाटै उच्च अदालतको मुख्यन्यायाधीशमा नियुक्त भएका थिए ।

सर्वोच्चमा सिफारिस भएका नित्यानन्द पाण्डेय अहिले उच्च अदालत तुलसीपुरको मुख्यन्यायाधीश छन् । उनी गत मंसीरमा उच्च अदालतको मुख्य न्यायाधीश भएका थिए ।

प्रतिक्रिया

ताजा समाचार

सबै







ट्रेन्डिङ

सबै







सम्बन्धित समाचार