क्रिकेटर सन्दीप लामिछाने नेपाली राष्ट्रिय टोलीबाट अलग

Nagarik Sewa 1+ समाचार ( )
२६ पौष २०८०, बिहीबार

काठमाडाैँ । क्रिकेटर सन्दीप लामिछाने नेपाली राष्ट्रिय टोलीबाट अलग भएका छन् । बलात्कार मुद्दामा दोषी ठहर भएसँगै नेपाल क्रिकेट संघ क्यानलाई पत्र लेख्दै लामिछानेले आफू राष्ट्रिय टिमबाट अलग भएको जानकारी गराएका हुन् ।

क्यानका अध्यक्ष चतुरबहादुर चन्द र सचिव पारस खड्कालाई सम्बोधन गरेर सन्दीपले लेखेको लामो पत्रमा सन्दीपले आफू अप्ठ्यारो परिस्थितिबाट गुज्रिरहेको उल्लेख गरेका छन् ।

उनले कठिन परिस्थितिका बिच पनि आफूले देशका लागि खेलिरहेको स्मरण गर्दै कम खेलमा १०० विकेट बनाउने खेलाडीको सूचीमा दरिन पाउँदा खुसी व्यक्त गरेका छन् ।

क्रिकेट टोलीबाट बाहिरिने ‘रिक्युजल’ गरेका सन्दीपले आफू न्यायका लागि उच्च अदालत जाने पनि बताएका छन् । उनले आफू गम्भीर आर्थिक संकटमा परेकाले बाँकी रहेको भुक्तानी फुकुवा गरिदिन पनि क्यानलाई अनुरोध गरेका छन् । यस्तै उनले आफूलाई खेल जीवनमा हौसला भर्ने सबैलाई आभार प्रकट पनि गरेका छन् ।

प्रतिक्रिया

ताजा समाचार

सबै







ट्रेन्डिङ

सबै







सम्बन्धित समाचार