सत्ता साझेदार चार दलका शीर्ष नेताबिच छलफल

Nagarik Sewa 1537+ समाचार ( )
२७ चैत्र २०८०, मङ्गलबार

काठमाडौं। प्रधानमन्त्री निवास बालुवाटारमा सत्ता साझेदार चार दलका शीर्ष नेताबिच छलफल भएको छ । छलफलमा माओवादी केन्द्रका अध्यक्ष समेत रहनुभएका पुष्पकमल दाहाल प्रचण्ड, नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली, रास्वपा सभापति समेत रहेका उपप्रधान तथा गृहमन्त्री रवि लामिछाने र नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव नेपालबिच छलफल भएको हो । 

प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसले सहकारी ठगी प्रकरणमा जोडिएका गृहमन्त्री रवि लामिछानेमाथि संसदीय छानबिन समिति गठनको अडान नछोडेपछि सत्ता साझेदार दलका शीर्ष नेता छलफलमा जुटेका हुन् । 

कांग्रेसले समिति गठन नगरे गृहमन्त्रीलाई संसदमा बोल्न नदिने चेतावनी दिएको छ । सहमतिका लागि सभामुख देवराज घिमिरेले सोमबार बोलाएको छलफलमा समेत नेताहरुले अडान नछोडेपछि संसदमा टकरावको अवस्था आउने देखिएको छ । यसैबीच सत्ता साझेदार दलबिच राष्ट्रिय सभा उपाध्यक्ष निर्वाचन, उपनिर्वाचन लगायतका विषयमा समेत छलफल हुने बुझिएको छ । राष्ट्रिय सभा उपाध्यक्षको निर्वाचनका लागि आजै उम्मेदवारी दर्ताको समय छ ।

प्रतिक्रिया

ताजा समाचार

सबै







ट्रेन्डिङ

सबै







सम्बन्धित समाचार