सुनचाँदीको मूल्य स्थिर

Nagarik Sewa 1537+ समाचार ( )
१८ चैत्र २०८०, आइतबार

काठमाडौं। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आइतबार नेपाली बजारमा सुनचाँदीको मूल्य स्थिर छ। अघिल्लो साता बुधबारयता लगातार बढिरहेको सुनचाँदीको मूल्यमा आइतबार कुनै घटबढ भएन। आइतबारका लागि छापावाल सुनको मूल्य प्रतितोला १ लाख ३० हजार रूपैयाँ तोकिएको छ भने तेजाबी सुनको मूल्य प्रतितोला १ लाख २९ हजार चारसय रूपैयाँ कायम छ। 

सुन गत शुक्रबार पनि सोही मूल्यमा कारोबार भएको थियो। अघिल्लो साता सुनको मूल्य लगातार दुई दिन बिहीबार र शुक्रबार कीर्तिमानी बिन्दुमा पुगेको थियो। यो साताको पहिलो दिन आइतबार भने सुनको मूल्य उच्च बिन्दुमै स्थिर रहेको हो। महासंघका अनुसार चाँदी आज प्रतितोला एक हजार पाँचसय २५ रूपैयाँमा कारोबार भइरहेको छ।

प्रतिक्रिया

ताजा समाचार

सबै







ट्रेन्डिङ

सबै







सम्बन्धित समाचार