तोलामा ११ सयले घट्यो सुनको मूल्य

Nagarik Sewa 1537+ समाचार ( )
६ भाद्र २०८१, बिहीबार

काठमाडौं। नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार नेपाली बजारमा बिहीबार सुनको मूल्य ११ सय रुपैयाँले घटेको छ । 

आज छापावाल सुनको मूल्य ११ सय रुपैयाँले घटेर तोलामा १ लाख  ५१  हजार ९ सय रुपैयाँ कायम भएको हो । बुधबार सुनको मूल्य तोलामा १ लाख ५३ हजार रुपैयाँ कायम भएको थियो।  यस्तै आज चाँदीको मूल्य पनि घटेको छ । 

बुधबार तोलामा १ हजार ८ सय ३५ रुपैयाँमा कारोबार भएको चाँदी आज ५ रुपैयाँले घटेर १ हजार ८ सय ३० रुपैयाँमा कारोबार भइरहेको छ ।

प्रतिक्रिया

ताजा समाचार

सबै







ट्रेन्डिङ

सबै







सम्बन्धित समाचार