काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेल छिन्नमस्ता गाउँपालिका–३ स्थित सखडास्थित छिन्नमस्ता मन्दिरमा विशेष पूजामा सहभागी हुन सप्तरी पुग्नुभएको छ ।
पौडेलको स्वागतकालागि सबै गाउँवासीलाई मन्दिर परिसरमा निम्तो गरिएको छ ।
छिन्नमस्ताको पुजा अर्चनापछि राष्ट्रपति पौडेल आजदेखि सुरु हुन लागेको महाकुम्भ मेलाको उद्घाटन गर्न सुनसरीको बराहक्षेत्रस्थित चतरा जाने कार्यक्रम छ।