७४ जिल्लामा फैलियो डेंगी संक्रमण

Nagarik Sewa 1537+ समाचार ( )
४ भाद्र २०८१, मङ्गलबार

काठमाडौं। यो वर्ष (सन् २०२४) जनवरीयता डेंगी संक्रमण ७४ जिल्लामा फैलिएनुका साथै अगस्ट १९ सम्म ४ हजार ९७ जनामा संक्रमण पुष्टि भएको छ। यो अवधिमा डेंगीबाट २ जनाको मृत्यु भएको इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा (ईडीसीडी)ले जनाएको छ।

गण्डकी प्रदेशमा सबैभन्दा धेरै एक हजार ६६९ जनामा संक्रमण देखिएको छ। जिल्लागत रूपमा तनहुँमा सबैभन्दा धेरै ७८१ जनामा संक्रमण पुष्टि भएको ईडीसीडीले जनाएको छ।

काठमाडौँमा ३८०, कास्कीमा ३५१, पर्वतमा १७७, चितवनमा १५७ र झापामा १४९ जना संक्रमित भएका छन्। यीबाहेक अरू जिल्लामा संक्रमितको संख्या १०० भन्दा कम छ। मुस्ताङ, हुम्ला र जुम्लाबाहेक सबै जिल्लामा डेंगी देखिएको ईडीसीडीले जनाएको छ।

प्रतिक्रिया

ताजा समाचार

सबै







ट्रेन्डिङ

सबै







सम्बन्धित समाचार