बाबुको हत्या अभियोगमा यादव पक्राउ

Nagarik Sewa 1537+ समाचार ( )
९ अशोज २०८१, बुधवार

सिराह। आफ्ना बाबुको हत्या अभियोगमा औरही गाउँपालिका–३ खजनपुरका शैलेन्द्रकुमार यादवलाई प्रहरीले पक्राउ गरेको छ । यादवमाथि ६५ वर्षीय पिता भालेश्वर यादवलाई कुटपिट गरी हत्या गरेको अभियोग लागेको छ ।

छोरा शैलेन्द्र र उनकी श्रीमती ३५ वर्षीया रेणुकुमारी यादवले घरायसी विवादका क्रममा बुबामाथि निर्घात कुटपिट गरेका जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी मुक्तिनाथ सापकोटाले जानकारी दिए । गम्भीर घाइते उनको उपचारार्थ विराटनगरतर्फ लैजाने क्रममा बाटोमा मृत्यु भएको हो ।


प्रतिक्रिया

ताजा समाचार

सबै







ट्रेन्डिङ

सबै







सम्बन्धित समाचार