निक्षेप बीमाको नयाँ अवधारणा बनाउनुपर्ने गभर्नर अधिकारीको जोड

Nagarik Sewa 1537+ समाचार ( )
५ अशोज २०८१, शनिबार

काठमाडौं । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले निक्षेप बीमा (डिपोजिट इन्स्योरेन्स)को नयाँ अवधारणा बनाउनुपर्ने बताउनुभएको छ ।

शुक्रबार काठमाडौंमा निक्षेप तथा कर्जा सुरक्षण कोषको कार्यक्रमलाई सम्बोधन गर्दै गभर्नर अधिकारीले यस्तो बताउनुभएको हो ।

गभर्नर अधिकारीले कुनै बैंकमा कथं कदाचित समस्या आइहाल्यो भने त्यहाँ इन्टरभेण्ट गर्नसक्ने क्षमता निर्माण गर्नुपर्ने बताउनुभयो । उहाँले नेपालको अर्थतन्त्र र बैंकिङ प्रणालीमा निक्षेप तथा कर्जा सुरक्षण कोषको योगदान महत्वपूर्ण रहेको पनि बताउनुभयो ।

गभर्नर अधिकारीले डिसिजीएफले समस्या भए कानूनी संशोधनका प्रश्तावहरु अघि बढाएर जानुपर्ने बताउनुभयो ।


प्रतिक्रिया

ताजा समाचार

सबै







ट्रेन्डिङ

सबै







सम्बन्धित समाचार