प्रधानमन्त्री दाहाल द्वारा गृहमन्त्री लामिछानेको बचाउ

Nagarik Sewa 1537+ समाचार ( )
६ चैत्र २०८०, मङ्गलबार

काठमाडौं । प्रमुख प्रतिपक्ष नेपाली कांग्रेसले उठाएको विषयमा मंगलबार संसदमा जवाफ दिँदै प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले गृहमन्त्री  रवि लामिछानेको बचाउ गर्नुभएको छ । प्रधानमन्त्री प्रचण्डले सहकारी अनियमितता प्रकरणमा गृहमन्त्री लामिछानेमाथि अनुसन्धान गर्नुनपर्ने भनेर प्रहरीले नै ब्रिफिङ गरेको बताउनु भएको हो।

कांग्रेसले यो विषय उठाएपछि आफैंले खोजबिन गर्ने र सम्बन्धित सरकारी निकायका रिपोर्टहरु अध्ययन गर्ने कोसिस गरेको भन्दै उहाँले भन्नुभयो, ‘हालसम्म अनुसन्धानले उहाँ सहकारीको सञ्चालक समिति, लेखा समिति, ऋण समिति, कर्मचारी लगायत कुनै पनि भूमिकामा नरहेको र अदालतमा विचाराधीन मुद्दामा पनि कहीँ कतै जोडिएको देखिएको छैन ।’

उहाँका अनुसार सूर्यदर्शन सहकारीका पीडितहरुले सुरुमा दिएको जाहेरीमा कसैको नाम किटान गरिएको थिएन । यसमा अनुसन्धान गरेर १९ जनालाई प्रतिवादी बनाएर मुद्दा दायर भएको छ, जसमा ४ जना पक्राउ परेका छन् भने अरुको खोजी भइरहेको छ ।

प्रतिक्रिया

ताजा समाचार

सबै







ट्रेन्डिङ

सबै







सम्बन्धित समाचार