राष्ट्रियसभाबाट आर्थिक वर्षको बजेट पारित

Nagarik Sewa 1537+ समाचार ( )
२२ असार २०८१, शुक्रबार

काठमाडौं। शुक्रवार बसेको राष्ट्रियसभा बैठकमा आगामी आर्थिक वर्षको बजेट पारित भएको छ । राष्ट्रियसभामा अर्थमन्त्री वर्षमान पुनले प्रतिनिधिसभाबाट सन्देशसहित प्राप्त विनियोजन विधेयक २०८१ (आगामी आर्थिक वर्षको बजेट) पारित गरियोस् भनी राख्नु भएको प्रस्ताव सर्वसम्मतिले पारित गरेको हो ।  

सभामा अध्यक्ष नारायणप्रसाद दाहालले प्रतिनिधि सभाबाट सन्देशसहित प्राप्त विनियोजन विधेयक २०८१ पारित गरियोस् भन्ने प्रस्ताव सर्वसम्मतिले पारित भएको घोषणा गर्नुभयो । उहाँले भन्नुभयो, ‘प्रतिनिधिसभाबाट सन्देशसहित प्राप्त विनियोजन विधेयक, २०८१ पारित गरियोस् भन्ने प्रस्ताव सर्वसम्मतिले पारित भएको घोषणा गर्दछु ।’ सरकारले गत जेठ १५ गते आगामी आर्थिक वर्षको बजेट संसदमा पेस गरेको थियो । 

प्रतिक्रिया

ताजा समाचार

सबै







ट्रेन्डिङ

सबै







सम्बन्धित समाचार